३ कार्तिक २०८३, मंगलबार

भारतबाट आएका एक पुरुषको मृत्यु

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पाल्पा, २० जेठ । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ ।

पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईले बताए । उनका अनुसार सोमबार दिउँसो १ बजे श्वास फेर्न गाह्रो भएपछि उनलाई अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

भारतबाट आई आइतबार राति तानसेनको क्वारेन्टिनमा बसेका उनलाई सोमबार बिहान ७ बजे पूर्वखोलास्थित शम्भु माविको क्वारेन्टिनमा लगिएको पूर्वखोला गाउँपालिका स्वास्थ्य प्रमुख मोहन ज्ञवालीले बताउनुभयो ।

मृतकको कोरोना संक्रमण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । –रासस