शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

एमसीसीको विरोधमा राष्ट्रवादी युवाको प्रदर्शन

दैनिक नेपाल २०७७ जेठ २० गते १८:४६

काठमाडौँ, २० जेठ । राष्ट्रवादी युवाको झापाको बिर्तामोडमा एमसीसीको विरोध गर्दै प्रदर्शन गरेको छ ।

सरकारले एमसीसी पारित गर्न लागेको र यो राष्ट्रका लागि घातक भएको भन्दै राष्ट्रवादी समूहका युवा तथा सामाजिक अगुवाले विरोध प्रदर्शन गरेका छन् ।

लकाडाउनको बेलामा पनि करिब २ सय जनाको सहभागितामा विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनमा कोरोनाको भयभन्दा राष्ट्रियताको मोह धेरै भएको भन्दै राष्ट्रलाई आघात पुग्ने निर्णय नगर्न पनि खबरदारी गरिएको थियो ।

विरोध प्रदर्शनमा राष्ट्रवादी युवाको सहभागिता रहेको समाजसेवी छवि बास्कोटाले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित