३ कार्तिक २०८३, मंगलबार

कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । मंगलबार एकै दिनमा नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा रहेका छन् । प्रदेश २ का आठै जिल्लामा गरी ८ सय १६ जना संक्रमित रहेका छन् । प्रदेश ५ मा ६ सय ९९ जना संक्रमित रहेका छन् ।

त्यस्तै, कर्णाली प्रदेशका ५ जिल्लामा २ सय ५२ जनामा कोरोना देखिएको छ । प्रदेश १ मा १ सय ६८ जना कोरोना संक्रमित रहेका छन् । बागमतीका १२ जिल्लामा ५४ संक्रमित रहेका छन् ।

त्यस्तै, गण्डकी प्रदेशका ७ जिल्लामा ३७ जना संक्रमितहरु भेटिएका छन् । सुदूरपश्चिमका ९ जिल्लामा ७३ जनामा कोरोना देखिएको छ ।