शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

मंगलबार २८८ जनामा कोरोना कुन जिल्लामा कति थपिए ?

दैनिक नेपाल २०७७ जेठ २० गते १७:३५

काठमाडौँ, २० जेठ । नेपालमा मंगलबार अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय ७० पुरुष तथा १८ जना महिलामा कोरोना पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका ३८ जनामा कोरोना संक्रमण पाइएको छ । यसैगरी पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ५ सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानमा गरिएको परीक्षणमा सप्तरीका १ जनामा कोरोना पोजेटिभ देखिएको छ भने भेरी अस्तपालको प्रयोग शालामा बर्दियाका ३ र बाँकेका १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुर्खेतको प्रयोगशालमा सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्यस्तै, हेटौंडामा गरिएको परीक्षणमा बाराका एक जनामा समेत कोरोना देखिएको छ ।

दाङको राप्ती स्वसाथ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १७ र प्युठानका १ जनामा कोरोना भाइरस देखिएको छ । भने सेती अस्पातलमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ११८ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये धनुषाका ६, महोत्तरीका २, रौतहटका ३६, सर्लाहीका २१, सिराहाका १७, भक्तपुरका १, र धादिङ घर भई काठमाडौंमा उपचाररत एक जना महिलामा समेत कोरोना संक्रमण भेटिएको छ ।

सोही प्रयोगशालमा कपिलवस्तुका १६, काठमाठौंका ४ स्वास्थ्यकर्मी, नवलपरासीका २ जना, नुवाकोटका २ जना, रुपन्देहीका १० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय ६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित