शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

काठमाडौँ उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित

दैनिक नेपाल २०७७ जेठ २० गते १७:१३

काठमाडौँ, २० जेठ । काठमाडौँ उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार देशभर एकै दिन २८८ जना नयाँ संक्रमित थपिँदा उपत्यकामा ४ जना स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

धादिङ घर भएर काठमाडौँमा उपचार गराइरहेकी एक जना महिलामा कोरोना देखिएको हो । त्यस्तै, भक्तपुर चाँगुनारायणका एक व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । त्यस्तै, २ सय ६६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित