शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

थप ४५ जना संक्रमितले जिते कोरोना, निको हुनेको संख्या २६६

दैनिक नेपाल २०७७ जेठ २० गते १७:००

काठमाडौँ, २० जेठ । मंगलबार थप ४५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

यससँगै कोरोना जित्नेको संख्या २ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

निको भएर डिस्चार्ज हुनेमा शिक्षण अस्पताल महाराजगञ्ज एक, गुल्मी अस्पताल एक, भीम अस्पतालबाट २५, कपिलवस्तुका ९, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमध्ये २१२ पुरुष र ५४ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको देवकोटाले जानकारी दिए । सोमबार मात्र २३९ जनाका कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित