
काठमाडौँ, २० जेठ । जुवा खेल्ने क्रममा काठमाडौंको कमलादीस्थित बुटिक होटलबाट पक्राउ परेका ८ जना व्यापारी र होटल सञ्चालकलाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिन म्याद थप भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जुवा सम्बन्धी कसूरमा हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
महानगरीय प्रहरी वृत दरबारमार्गको टोलीले गएराति ८ जना व्यापारी र होटल सञ्चालकसहित ९ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा होटल सञ्चालक मिक्की जोगाईसहित व्यापारीहरू अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, नन्दकिशोर शर्मा, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, बिमल अहुजा र विमलकुमार खेतान रहेका थिए ।
उनीहरूको साथबाट प्रहरीले नगद २ लाख ७७ हजार रूपैयाँ पनि बरामद गरेको थियो ।















प्रतिक्रिया