
काठमाडौँ, २० जेठ । प्रदेश दुईमा १ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।
धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रौतहट र बारामा गरी थप १ सय २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको प्रदेश दुई स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
जसमा रौतहटमा मात्रै ७४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै प्रदेश दुईमा कोरोना संक्रमित ८ सय १५ जना पुगेका छन् ।
सोमबारमात्रै प्रदेश २ मा ८२ जना संक्रमित थपिएका थिए ।















प्रतिक्रिया