शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

के झापामा लकडाउन खुलेको हो ? (भिडियोसहित)

एसपी उप्रेती २०७७ जेठ १९ गते २०:४७

-एसपी उप्रेती

बिर्तामोड, १९ जेठ । नेपालमा गत चैत ११ गतेदेखि लकडाउन जारी रहेको छ ।

कोरोनाभाइरस संक्रमणको फैलावट रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन घोषणा गरेको हो ।

लकडाउनले गर्दा मानिसहरु भोकले शोकमा पर्न सक्ने स्थितिलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने तथा मोडालिटी परिवर्तन गर्नेबारे बहस भइरहेको छ ।

त्यसैक्रममा केही दिनअघिदेखि झापामा पनि विहान ८ बजेदेखि १२ बजेसम्म अत्यावश्यक उद्योगधन्दा तथा पसलहरु खोल्ने निर्णय भएको थियो । त्यसै अनुरुप झापाको प्रमुख व्यापारिक केन्द्रको रुपमा उदाउँदै गरेको बिर्तामोडमा निकै चहलपहल देखिने गरेको छ ।

त्यस्तै, अधुरो रहेको सडक विस्तार तथा मर्मतको कार्य सुरु हुन थालेको छ । केही पसलहरु पनि खुल्न थालेका छन् । बाइकलगायतका सवारीहरुको भीड नै लाग्न थालेको छ ।

यता देशभर पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढीरहेको छ । जसमध्ये झापा एक प्रमुख संक्रमण क्षेत्र बनेको छ । त्यसैगरी, सरकार भारतलगायत तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने तयारीमा लागेको छ ।

जुन अति आवश्यक हो । तर यसले नेपालमा कोरोना संक्रमितको संख्या बढाउने सम्भावना रहन्छ । तसर्थ सरकारको अबको ध्यान भनेको समुदायमा कोरोना फैलन नदिनु हो ।

यस्तो अवस्थामा सरकारले निकै बुद्धिमतापूर्ण निर्णय गर्नुपर्ने हुन्छ । जसले गर्दा मानिसहरु कोरोनाका शिकार नबनुन् र भोकले मर्ने अवस्था पनि नआओस् ।

हतारमा बिना तयारी लकडाउन खुलाउनेतर्फ भन्दा उच्च सावधानी अपनाएर कसरी अर्थतन्त्र बलियो बनाउने कार्यमा ध्यान दिन सकिन्छ भन्नेबारे सरकार गम्भीर हुनुपर्ने देखिन्छ । अन्यथा सबै कुराले एकैचोटि गाँज्न सक्छ जुन नेपाल र सम्पूर्ण नेपालीका लागि भारी पर्न सक्छ ।

भिडियो :

प्रतिक्रिया
सम्बन्धित