३ कार्तिक २०८३, मंगलबार

दैलेखमा एक दिनमा ५० जनामा कोरोना पुष्टि, संक्रमित सय नजिक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ जेठ । दैलेखमा एकै दिनमा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला तथा प्रदेश अस्पताल सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमतिहरु नारायण नगरपालिका ४० जना, महाबु गाउँपालिकाका १ जना, दुल्लु नगरपालिकाका ७ जना र चामुण्डाविन्द्रासैनी नगरपालिकाका १ र नौमूले गाउँपालिकाका १ जना रहेका छन् ।

कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले थप संक्रमितहरुको पुष्टि गरेको हो । यससँगै दैलेखमा कोरोना संक्रमितको संख्या ९८ जना पुगेको छ । जेठ ५ गते पहिलोपटक संक्रमण पुष्टि भएको दैलेखमा २ साता नबित्दै करिब सय जनामा संक्रमण पुष्टि भएको छ ।