शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टिसँगै संक्रमितको संख्या २ सय ३३ पुग्यो

दैनिक नेपाल २०७७ जेठ १९ गते १९:५५

काठमाडौँ, १९ जेठ । कर्णाली प्रदेशमा सोमबार थप ३५ जना कोरोना संक्रमति थपिएसँै संक्रमितको संख्या २ सय ३३ पुगेको छ ।

कर्णाली प्रदेश स्वास्थय सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेशष प्रयोगशालामा गरिएको परीक्षणमा ३३ जना पुरुष र २ जना महिलामा कोरोना पुष्टि भएको हो ।

उनीहरु मध्ये सुर्खेतको लेकबेसीं नगरपालिकाका १२, पञ्चपुरी नगरपालिकाका १ र भेरीगंगा नगरपालिकाका ३ गरी १६ जना रहेका छन् । त्यस्तै, दैलेखको नारायण नगरपालिकाका ७ र चामुण्डाविन्द्रासैनी नगरपालिका र नौमुले गाउँपालिकाका १ १ जना छन् ।

सल्यानको वनगाडकपिन्डे नगरपालिकाका ९ जना छन् । अछामको चौरपाटी गाउँपालिकाका १ जना छन् । संक्रमितहरुको उमेर ४ देखि ६१ वर्षका रहेका छन् ।

यसअघि आजै बिहान कर्णालीका विभिन्न जिल्लाहरुमा ७५ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित