बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

थप २५ जना संक्रमितले जिते कोरोना

दैनिक नेपाल २०७७ जेठ १९ गते १५:१०

काठमाडौँ, १९ जेठ । थप २५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

भैरहवास्थित भीम अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालबाट २५ जना कोरोना संक्रमित सोमबार निको भएर डिस्चार्ज भएका हुन् ।

निको हुनेमा रुपन्देहीको लुम्बिनी नगरपालिकाका ५ जना, गैडहवा गाउँपालिकाका १० जना, सिद्धार्थनगर नगरपालिकाका १, कपिलवस्तुका ५ जना, नवलपरासीका ३ जना र भारतका १ जना रहेका छन् ।

डिस्चार्ज भएकालाई खादा ओडाएर विदाइ गरिएको थियो । डिस्चार्ज हुनेमा ४ वर्षदेखि ४० वर्षसम्मका रहेका अस्पतालले जनाएको छ । उनीहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित