३ कार्तिक २०८३, मंगलबार

धादिङका ५६ जना पत्रकारको निःशुल्क बिमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, १९ जेठ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले जिल्लाका क्रियाशिल ५६ जना पत्रकारहरुको दुर्घटना र कोरोना बीमा गरेको छ ।

धादिङका क्रियाशिल ५६ जना पत्रकारको प्रति व्यक्ति रु.६५० का दरले ज्योति लाइफ इन्स्योरेन्समा दुर्घटना बीमा र नेको इन्स्योरेन्समा प्रति पत्रकार रु.६०० का दरले ४४ जना पत्रकारहरुको निशुल्क कोरोना बीमा गरेको हो ।

पत्रकार महासंघ धादिङ शाखाका सचिव राजाराम शर्माका अनुसार दुबै बीमा मार्फत लाग्ने प्रति व्यक्ति खर्च १ हजार २५० रुपैया सबै पत्रकार महासंघ धादिङ शाखाले नै तिरेको छ ।

यता धादिङका पत्रकारहरुले गरेको बीमामा दुर्घटनामा परि मृत्यु भएमा २ लाख, कुनै पनि कारणले मृत्यु भएमा १ लाख , पूर्ण अपाङ्ग भए १ लाख, आम्शिक अपाङ भए कम्पनीको नियमानुसार बढीमा १ लाख, दुर्घटनामा परि औषधी उपचार गर्नु पर्यो भने १० हजार, काजक्रिया खर्च १० हजार दिईने ज्योती लाईफ इन्सुरेन्स धादिङ शाखाका प्रमुख जयराम ढुङ्गानाले बताए ।