३ कार्तिक २०८३, मंगलबार

अटोमेटिक पेस्तोल र गोलीसहित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

धनुषा, १९ जेठ । जनकपुर उपमहानगरपालिका १७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी लोहरपट्टी नगरपालिका ८ भम्रपुरा बस्ने डि.के.भन्ने २० वर्षीय अजिजुल राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई जनकपुर उपमहानगरपालिका १७ बलौनीस्थित आपँको बगैचामा ज.४ प ३९३३ नम्बरको मोटरसाइकल रोकी शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उनको साथबाट उक्त हातहतियार फेला पारेको हो ।

राईनमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।