नयाँदिल्ली । भारतका संगीतकार वाजिद खानको निधन भएको छ । उनकाे आइतबार राति निधन गएको परिवारलाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनको कोरोना सङ्क्रमणका कारण निधन भएको हुनसक्ने शंका गरिएकाे छ । उनको पोहोर मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
कोरोनाले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिको ज्यान लिने गरेको विभिन्न अध्ययनले पुष्टि गरेको छ ।
वाजिद र साजिद खान मिलेर साजिद वाजिदको नाममा भारतका सयौँ चलचित्रमा संगीत दिएका छन् ।
वाजिदले टेलिभिजनका केही रियालिटी शोहरूमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।















प्रतिक्रिया