१२ कार्तिक २०८३, बिहिबार

सप्तरीमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गर्ने पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, १९ जेठ । सप्तरी जिल्लामा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

कंचनरुप नगरपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय युवराज सेखलाई सोही नगरपालिका १ बैरबास्थित लक्ष्मी नारायण मावि वैरवाबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

विद्यालयको प्राङगणमा रहेको क्वारेन्टाईन स्थलमा ४-५ जनाको समूह उक्त क्वारेन्टाईनमा रहेका मानिससँग भेटघाट गर्न जबरजस्ती जान खोजेपछि सम्झाउने क्रममा ईलाका प्रहरी कार्यालय कंचनपुरबाट ड्युटीमा खटिएका प्रहरी जवानसँग वादविवाद गरी हातपात गर्दा प्रहरी जवान सामान्य घाइते भएका छन् ।

घाइते प्रहरी जवानलाई उपचारको लागि स्थानिय धर्मेश्‍वर अस्पताल ठेलिया लगिएको छ ।