शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

ग्लोबल आइएमई बैंकद्वारा फोटो पत्रकारलाई

दैनिक नेपाल २०७७ जेठ १९ गते ७:४४

काठमाडाैं, १९ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारहरूलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ ।

आइतबार एक कार्यक्रमकाबीच बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेलाई उक्त ज्याकेटहरू हस्तान्तरण गरेका हुन् ।

बैंकका नायव महाप्रबन्धक रेग्मीले प्रेस ज्याकेटले फोटो पत्रकारहरूलाई बन्दाबन्दीको अवस्थामा रिपोर्टिङमा जाँदा सहज हुने अपेक्षा रहेको बताए ।

उनले नेपाल फोटो पत्रकार महासंघमार्फत फोटो पत्रकारहरूलाई सहयोग गर्न पाएकोमा खुशीसमेत व्यक्त गरे ।

नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेले बैंकले प्रदान गरेको प्रेस ज्याकेटले फोटो पत्रकारहरूलाई महामारीको अहिलेको जटिल परिस्थितिमा रिपोर्टिङमा सहज हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित