३ कार्तिक २०८३, मंगलबार

मदिरा सेवन गरी आफ्नै साथीको हत्या गर्ने ४ पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १८ जेठ । दाङको तुलसीपुरमा प्रहरीले आफ्नै साथीको हत्या गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ ।

तुलसीपुरको अटो भिलेजमा रेडिइटर मर्मत गर्ने मन्दीप भुजको आफ्नै साथीले हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले मदिरा सेवन गरी राती साथीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले संलग्नलाई घटना भएको ५ घण्टामै पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरी आफ्नै साथीको हत्या गर्ने ४ जनालार्य सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर महानगरपालिका ६ का सौरव पोखरेल, तुलसीपुर ५ का अजय बुढाथोकी, आशिश नेपाली र ओमबहादुर सार्की रहेका छन् ।

उनीहरुले लागूऔषध तथा मदिरा सेवन गरी साथीको हत्या गरेका थिए । मन्दिपको हत्या ढुंगा प्रहार गरेर गरेको चारै जनाले स्वीकारेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।