शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आइतबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

दैनिक नेपाल २०७७ जेठ १८ गते १७:१२

काठमाडौँ, १८ जेठ । नेपालमा आइतबार १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार तनहुँमा १ जना, स्याङ्जामा २ जना, पर्सामा ५ जना, कालिकोटमा १८ जना, दैलेखमा १८ जना, बाजुरामा ३ जना, सल्यानमा २५ जना, सुर्खेतमा १ जना, कपिलवस्तुमा ५ जना, बाँकेमा ८ जना, सप्तरीमा १२ जना, कैलालीमा ३ जना, झापामा ४ जना, मोरङमा १ जना, धनुषामा २१ जना, रौतहटमा २९ जना, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ ।

त्यस्तै, नेपालमा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवक तथा आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी २ वर्षकी बालिकाको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

त्यस्तै, आइतबार हेटौँडाकी २५ वर्षीया युवती कोरोना जितेर डिस्चार्ज भएकी छन् । यससँगै निको हुनेको संख्या २ सय २० जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित