३ कार्तिक २०८३, मंगलबार

कांग्रेसका लमजुङ जिल्ला कार्य समिति सदस्य जोशीले दिए राजीनामा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । नेपाली कांग्रेस जिल्ला कार्य समिति, लमजुङका सदस्य शंकर कान्त जोशीले सदस्य पदबाट राजीनामा दिएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै पार्टीको बैठकले लिएको कतिपय निर्णयहरुले पार्टीकै साथीहरुको मनोबलमा चोट पुगेको, पार्टी संगठन विस्तारमा समेत ठोस उपलब्धि हासिल नभएको बताउँदै आफूले पदमा बसिरहनु कुनै औचित्यता नरहेको भन्दै पदबाट राजीनामा दिएका हुन् ।

उनले समितिमा रहँदा सकारात्मक आवाजका लागि साथ दिने सबैलाई आभार व्यक्त गरेका छन् ।