शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

शनिबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

दैनिक नेपाल २०७७ जेठ १७ गते १७:३३

काठमाडौँ, १७ जेठ । नेपालमा शनिबार थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाकारी दिएका छन् ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये धनुषाका ७ जना, झापाका एक जना कपिलवस्तुका ७७ जना, ललितपुर १ जना, महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना र सिराहा ११ जना छन् ।

त्यस्तै, रुपन्देहीमा गरिएको परीक्षणमा २९ जनामा संक्रमण देखिएको छ । यस्तै धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू कपिलवस्तुका ३ जना छन् भने दाङका ५ जना छन् ।

नारायणी अस्पतालमा गरिएको परीक्षणमा १ जना बाराका र २ जना पर्साका व्यक्तिमा कोरोना देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा संक्रमण पुष्टि भएको हो । कोशी अस्पतालको परीक्षणमा संखुवासभाका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ जना पुगेको छ । जसमा २ सय १९ जना निको भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित