शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एक्कासी बेहोस भएर दैलेखको क्वारेन्टाइनमा एकको मृत्यु

दैनिक नेपाल २०७७ जेठ १७ गते १५:४६

सांकेतिक तस्वीर

काठमाडौँ, १७ जेठ । दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ ।

१० दिनअघि भारतको गुजरातबाट आएका उनको शनिबार विहान मृत्यु भएको हो । दुल्लुस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा बसेका ३७ वर्षीय उनी शनिबार विहान एक्कासि बेहोस भएर ढलेका थिए ।

त्यही क्वारेन्टाइनमा बसेका अन्यले थाहा पाएर प्रहरी तथा स्वास्थ्यकर्मीलाई खबर गरेका थिए । उनीहरु निकै ढिलो घटनास्थल पुगेका थिए ।

परिवारले भने लापरवाहीका कारण छोराको ज्यान गएको आरोप लगाएका छन् । यद्यपि, चिकित्सिकले भने उनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताएका छन् ।

त्यहाँको क्वारेन्टाइनमा २० जनासम्म एउटै कोठामा रहने गरेको पाइएको छ । त्यस्तै, त्यहाँ सुरक्षाकर्मीहरु उपस्थित भए पनि स्वास्थ्यकर्मी नरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित