
काठमाडौँ, १७ जेठ । संखुवासभामा पहिलो पटक कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । खाँ
दबारी ९ तुम्लिङटारको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना देखिएको हो । उनीहरु जेठ १३ गते भारतबाट नेपाल आएका थिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमित हुनेमा खाँदबारी–७ का २३ वर्षीय र पाँचखपन नगरपालिका–१ का २२ वर्षीय पुरुषहरु रहेका छन् । भारतबाट ७ जनाको समूहमा उनीहरु आएका थिए । २ जनामा संक्रमण देखिएको छ भने अन्यको रिपोर्ट आउन बाँकी छ ।















प्रतिक्रिया