शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौंमा रहेका भोजपुरेहरूलाई पाइलट श्रेष्ठद्वारा राहत वितरण

दैनिक नेपाल २०७७ जेठ १७ गते ११:०९

काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँको पहलमा काठमाडौं उपत्यकामा रहेका भोजपुर जिल्ला निवासी मजदुरहरूलाई राहत वितरण गरिएको छ ।

काठमाडौंको कपन र खड्का गाउँमा शनिबार कांग्रेस नेता चापागाइँ, पाइलटद्वय रमेश श्रेष्ठ र रोशन केसी तथा समाजसेवी लीला मास्केले राहत वितरण गरेका हुन् ।

भोजपुर जिल्ला घर भई काठमाडौंमा बसोबास गर्ने २६ घर परिवार मजदुरहरूलाई चामल निःशुल्क विरतण गरेको कांग्रेसका युवा नेता चापागाइँले जानकारी दिए ।

कपन र खड्कागाउँमा मजदुरहरूलाई एक–एक बोराका दरले चामल उपलब्ध गराइएको थियो ।

पाइलटद्वय श्रेष्ठ र केसीले आफ्नै गाडीमा चामल राखेर वितरण गर्न गएका थिए ।

राहत पाउनेमा कोट, वास्तिम, अन्नपूर्ण, बोख्खिम, चम्पे, प्याउली, जरायोटारका सर्वसाधारण रहेका छन् ।

उनीहरूले काठमाडौं उपत्यकामा दैनिक ज्यालादारी र मजदुरी गरेर गुजारा गर्दै आएका थिए ।

लकडाउनले समस्या भएपछि भोजपुर घर भएका व्यक्तिहरूले कांग्रेस नेता चापागाइँलाई फोन गरेर राहत माग गरेका थिए ।

चापागाइँले पाइलट श्रेष्ठलाई सहायताका लागि आग्रह गरेका हुन् ।

भोजपुर जिल्ला घर भएका पाइलट श्रेष्ठले समस्यामा परेका सर्वसाधारणलाई यसअघि पनि सहयोग गर्दै आएका छन् ।

पाइलट श्रेष्ठ यती एयरलाइन्समा कार्यरत छन् । पाइलट केसी श्री एयरलाइन्समा कार्यरत छन् । उनीहरूले लकडाउनबाट समस्यामा परेकाहरूलाई दुई महिनाको समयमा झण्डै दुई हजार परिवारलाई राहत वितरण गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित