शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अतिक्रमित भूमिलाई लिएर अमेरिकामा नासाद्वारा भारतको बिरोध

दैनिक नेपाल २०७७ जेठ १७ गते ७:२४

न्युर्याेक । अमेरिकाको नेपालिज् एसोसियसन ईन साउथईष्ष्ट अमेरिका (नासा)ले नेपाल र भारतको कालापानी, लिपुलेक लिम्पियाधुरा सम्बन्धि सीमाना विवादका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नासाका अध्यक्ष बिनय अर्याल तथा महासचिव कृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको उक्त बिज्ञप्तिमा हालै अन्तर्राष्ट्रिय सिमानाको सत्य र तथ्यलाई समेत वास्ता नगरि एक पक्षीय ढंगले मित्रराष्ट्र भारतले नेपालको भूमिमा बाटो बनाई भूमि समेत अधिकरण गरेकोप्रति नेपालिज् एसोसियसन ईन साउथईष्ष्ट अमेरिका (नासा) को गम्भीर ध्यानाकर्षण र आपत्ति रहेको जनाएको छ ।

बिबादित बिषय यथाशीघ्र सभ्य र सौहार्दपूर्ण बाताबरणमा राजनैतिक र कुटनैतिक तबरबाटै समाधान होस् र नेपालको भूमि फिर्ता होस् भन्ने नासाको अधिकारिक धारणा रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित