शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

डडेल्धुरामा कोरोना संक्रमण फैलिन नदिन सर्वदलीय प्रतिवद्धता

दैनिक नेपाल २०७७ जेठ १७ गते ७:१९

राजेन्द्र ठगुन्ना

डडेल्धुरा, १७ जेठ । कोरोना महामारी तिव्रगतिमा फैलिरहेको समयमा डडेल्धुराका सवै राजनैतिक दलहरूले रोग नियन्त्रणका लागि शुक्रबार सर्वदलीय प्रतिवद्धता गरेका छन् ।

भारतीय क्षेत्रबाट स्थानीय तहमा आउने व्यक्तिहरूको चाप उच्च रहेको र हाल रहेका क्वारेन्टाइनमा देखिएका समस्या समाधान गर्न आफ्ना सवै संयन्त्र प्रयोग गरि संक्रमण फैलिन नदिने सामूहिक प्रतिवद्धता जनाएका हुन् ।

अव्यवस्थित क्वारेन्टाईनहरूको दैनिक व्यवस्थापकीय ७ वटै स्थानीय तहमा एकरुपतामा लैजाने र व्यवस्थापन गर्ने,क्वारेन्टाईनमा रहेका व्यक्तिको तत्काल परीक्षण गर्न आवश्यक पर्ने पीसीआर कीट प्रदेश सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म लबिङ गरि ल्याउने, क्वारेन्टाईनहरूमा उच्च सुरक्षा सर्तकता अपनाउन प्रमुख जिल्ला अधिकारी आग्रहका साथै राजनैतिक दलहरूले सामाजिक सदभावमा प्रभाव पार्ने किसिमका कुनै पनि अभिव्यक्ति व्यक्त नगर्ने गरि ८ बुँदे सर्वदलीय निर्णय भएकाे छ ।

डडेल्धुरा जिल्लामा रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपालकी कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखहरूले डडेल्धुरा जिल्लामा कोरोना नियन्त्रणका लागि सर्वदलिय साझा मुद्धा बनाएर जाने निर्णय भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित