शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भूमि फिर्ता लिने गरी वार्ता गर्ने तयारीमा छौँ : परराष्ट्रमन्त्री ज्ञवाली

दैनिक नेपाल २०७७ जेठ १६ गते २०:३१

काठमाडौँ, १६ जेठ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलले सीमा विवदाबारे भारतसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।

यसबारे छलफलका लागि समय निर्धारण भने भइनसकेको मन्त्री ज्ञवालीले बताएका छन् । उनले कालापानी, लिपुलेक, लिम्पियाधुराबारे सन्धि तथा तथ्यका आधारमा नेपालले अडान लिएको बताउँदै भूमि फिर्ता ल्याउने किसिमको तयारीका साथ वार्ता बस्ने बताए ।

मन्त्री ज्ञवालीले भारतसँग कुटनीतिक संवादबाटै सीमा विवाद टुंग्याउने बताए । संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा मन्त्री ज्ञवालीले दुई देशबीच अनर्गल प्रचार नगर्न आग्रह पनि गरे । वार्ता तथा संवादबाटै विवाद समाधान गर्नुपर्ने बताउँदै उनले सो कुरा बताएका हुन् ।

सीमाबारे नेपालको स्पष्ट नीति रहेको भन्दै सुगौली सन्धिबा आधारमा कालापानीलगायत भूमिबारे समाधान गरिने ज्ञवालीले जनाए ।

मन्त्री ज्ञवालीले भने, ‘हामी त हरबखत वार्ताबाटै समस्या समाधानका लागि प्रयत्नहरू गरिराखेका छौं । अहिले औपचारिक वार्ताको ठोस मिति वा मोडालिटी तय भइसकेको अवस्था छैन । हामी निरन्तर सम्पर्कमा छौं ।’

उनले भूमि फिर्ता गर्ने गरी नै वार्ताको तयारी सरकारले गरेको बताए । उनले भने, ‘भूमि फिर्ता गर्ने गरि नै हामीले यी सबै कुराहरू गरेका हौं र वार्ता गछौं, प्रतिक्षा गरिरहेका छौं वार्ताको औपचारिक मितिको ।’

त्यस्तै, मन्त्री ज्ञवालीले सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन लागिरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित