३ कार्तिक २०८३, मंगलबार

जसपाको संविधान संशोधन प्रस्ताव दर्ता भएन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ । संविधान संशोधनको प्रस्ताव दर्ता गराउन गएका जनता समाजवादी पार्टीका नेताहरू दर्ता नगराइकन फर्किएका छन् ।

संविधान संशोधनको प्रस्ताव लिएर संसद सचिवालय पुगेका नेतालाई सचिवालयले प्रक्रिया नपुगेको भन्दै फर्काइदिएको हो ।

संशोधन प्रस्ताव दर्ता गराउन राष्ट्रिय जनता पार्टीका महन्थ ठाकुर, महेन्द्र राययादव, राजेन्द्र महतो, केशव झालगायतका नेता सचिवालय पुगेका थिए ।

उनीहरुलाई साथ दिन समाजवादी पार्टीका नेताहरु पनि सिंहदरबार पुगेका थिए । तर सचिवालयले प्रस्ताव दर्ता नगरिदिएपछि सबै बाहिरिएका छन् ।

जसपाले संविधानको भाषा, नागरिकता, राष्ट्रियसभाको प्रतिनिधित्व र प्रदेशको सिमांकनको विषयमा संविधान संशोधनको माग गर्दै आएको छ ।