३ कार्तिक २०८३, मंगलबार

भारतबाट नेपाली ल्याउन सरकारले तोक्यो यी २० नाका

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ । सरकारले भारतबाट स्वदेश आउनैपर्ने अवस्थामा रहेकाहरुलाई ल्याउन २० वटा नाका तोकेको छ ।

कोरोनाभाइरस (कोभिड १९) रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले १२ जेठमा मन्त्रिपरिषद्ले जारी गरेको ‘नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजिकरण गर्नेसम्बन्धी आदेश’ बमोजिम २० नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

स्वदेश ल्याउन सरकारले तोकेका २० वटा नाकाहरूमा इलामको पशुपतिनगर, झापाको काकडभिट्टा, मोरङको रानी, सप्तरीको कुनौली, सिराहाको ठाडी र माडर, महोत्तरीको भिट्टामोड, सर्लाहीको मंगलवा रेहका छन् ।

त्यसैगरी, रौतहटको गौर, पर्साको वीरगञ्ज, बाराको महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको तौलिहवा र कृष्णनगर, बाँकेको जमुनाह, बर्दियाको सुरजपुर, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुला नाका रहेका छन् ।

अब सरकारले यी नाकाहरुबाट नेपालीलाई स्वदेश फर्काइने सचिव विडारीले जनाए ।