शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने सरकारको निर्णय, पहिलो चरणमा २५ हजार ल्याइने

दैनिक नेपाल २०७७ जेठ १६ गते १८:२१

काठमाडौँ, १६ जेठ । सरकारले तेस्रो मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई फर्काउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्व रेहेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्राथामिकता तोकेर स्वदेश फर्काइने निर्णय गरेको हो ।

बैठकले विदेशमा रहेका नागरिक फर्काउने कार्ययोजना पारित गरेको हो । बैठकमा कुन कुन चरणमा कस्तो अवस्थाका नागरिकलाई फर्काउने भन्ने विस्तृत कार्ययोजना प्रस्तुत भएको थियो ।

कार्ययोजना अन्तर्गत परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नागरिकको १० दिनभित्र सूची तयार पार्नेछ ।

उक्त सूचीअनुसार एक सातापछि नेपालमा फर्काउने काम सुरु गरिनेछ ।

कार्ययोजनालाई मन्त्रीबीच छलफल गरेर अन्तिम रुप दिइनेछ । शुक्रबार नै उपप्रधानमन्त्री पोखरेलसहित कार्ययोजनाबारे जानकारी गराउन प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

अब सम्बन्धित देशका राजदूतावाससँग समन्वय गरेर पहिलो चरणमा अलपत्र परेका २५ हजार नेपालीलाई स्वदेश ल्याइनेछ ।

सरकारले भारतसहित करिब १३ लाख मानिस स्वदेश पर्किने आंकलन गरेको छ ।

स्वदेश फर्किएकालाई १४ दिन काठमाडौँमै क्वारेन्टाइनमा होल्ड गरेर सम्बन्धित जिल्लाका फोकल पर्सनसँगको समन्वयमा जिल्लामा पठाइनेछ ।

होटलको क्वारेन्टाइनमा बसेको खर्च व्यक्ति आफैँले व्यहोर्नुपर्नेछ ।

उनीहरुले १४ दिन क्वारेन्टाइनमा बसेर कोरोना परीक्षण गरेर मात्र घर जान पाउनेछन् । प्रत्येक प्रदेशकालाई छुट्टाछुट्टै क्वारेन्टाइनमा राखिने छ ।

रोजगारी गुमाएर खर्चविहीन भएकाहरुलाई राज्यले नै खर्च गर्नेछ भने अन्यको व्यक्ति स्वयमले आएको, बसेको खर्च गर्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित