३ कार्तिक २०८३, मंगलबार

झापामा थप २८ जनामा कोरोना, कचनकवलमा मात्रै १ सय जना संक्रमित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ । झापामा थप २८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोशी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितहरु झापा, कचनकवल गाउँपालिकाका १८ देखि ४१ वर्षसम्मका २४ जना पुरुषहरु रहेका छन् । त्यस्तै, झापाको तयारभिट्टाका ३ जना रहेका छन् । उनीहरु २४ देखि ५४ वर्षका रहेका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा भद्रपुरका एक जना ३४ वर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

शुक्रबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ मा संक्रमितको संख्या १५८ पुगेको छ । कचनकवलमा मात्र १ सय जनामा संक्रमण पुष्टि भएको छ ।

बिहीबार मात्र कचनकवलमा २५ जनामा संक्रमण पुष्टि भएको थियो । भद्रपुरमा भने पहिलो संक्रमण देखिएको हो ।