शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

थप १९ जना संक्रमित कोरोनामुक्त, निको हुनेको संख्या २०६ पुग्यो

दैनिक नेपाल २०७७ जेठ १६ गते १७:०९

काठमाडौँ, १६ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या बढीरहेको बेला निको हुनेको संख्या पनि बढीरहेको छ ।

यसैक्रममा शुक्रबार थप १९ जनाले कोरोना जितेर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

शुक्रबार मात्रै एकै दिनमा १ सय ७० जनामा कोरोना पुष्टि भएको प्रवक्ता देवकोटाले जनाए । यससँगै नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ जना पुगेको छ । त्यसैगरी, कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित