शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

थपिए १७० जना कोरोना संक्रमित, थप एक जनाको मृत्यु

दैनिक नेपाल २०७७ जेठ १६ गते १६:५१

काठमाडौँ, १६ जेठ । थप १७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमितमध्ये १ सय ६५ जना पुरुष र ५ जना महिला रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ जना पुगेको छ । जसमा १ हजार १ सय ३ जना पुरुष रहेका छन् भने १ सय ९ जना महिला रहेका छन् ।

देशका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जनाएका छन् ।

त्यस्तै, मन्त्रालयले नेपालमा थप एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ । अर्घाखाँचीका ३५ वर्षीय पुरुष भारतबाट आउनेक्रममा बाटोमै मृत्यु भएको थियो । उनको जेठ ११ गते स्वाब परीक्षण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित