शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

दाङमा ८ जना संक्रमित कोरोनामुक्त

दैनिक नेपाल २०७७ जेठ १६ गते १५:३१

काठमाडौँ, १६ जेठ । दाङमा ८ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेसनमा रहेका ८ जना कोरोना संक्रमित निको भएका हुन् । उनीहरु शुक्रबार घर फर्किएका छन् । एक साताको अस्पताल बसाइपछि परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

डिस्चार्ज हुनेमा कपिलवस्तुका ४ जना, बाँकेका ३ जना र दाङका एक जनालाई घर पठाइएको अस्पतालले जनाएको छ । उनीहरुलाई फुल र खादासहित स्थानीय तहको एम्बेलेन्समा राखेर विदाइ गरिएको थियो ।

उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेको बेला स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त अस्पतालमा ४५ जना उपचाररत रहेकोमा अब ३७ जना बाँकी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित