शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आमाको हत्या गरी आत्महत्या

दैनिक नेपाल २०७७ जेठ १६ गते १५:०८

सांकेतिक तस्वीर

मोरङ, १६ जेठ । बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी–४ काकुम बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुरले बिहीबार छुरा प्रहार गरेर हत्या गरी आत्महत्या गरेका हुन् ।

निजको छुरा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको थियो । पछि उनी आफ्नै घाँटी र पेटमा छुरा प्रहार गरी घाइते भएपछि नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचारका क्रममा जीवनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित