शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

रुपन्देही देवदह ११ का वडाध्यक्ष र गाउँ समाजका अगुवालाई किन कारवाही नगर्ने ?

दैनिक नेपाल २०७७ जेठ १६ गते १४:००

-प्रतिक पौडेल

रुपन्देही, १६ जेठ । जेठ ९ गते राती १३ वर्ष पनि पुरा नपुगेकी बालिका अंगिरा पासी बलात्कारको शिकार भइन् । जेठ १० गते देवदह नगरपालिका वडा नं ११ अध्यक्ष अमर बहादुर चौधरी र गाउ समाजले उनलाई बलात्कार गर्ने स्थानिय युबा २५ बर्षिया बिरेन्द्र भर संगै बिवाह गर्दिने फैसला गर्यो ।

यो फैसलाको साक्षी स्वंयम अंगिराकी आमा शान्ती देवी पासी, स्थानिय युवा सन्दिप पासी, प्रल्हाद पासी लगायत संगो देवदह ११ बड्की गुम्मनै रहेको छ ।

साक्षी प्रल्हाद पासीका अनुसार वडा अध्यक्ष चौधरीले अंगिराको हात समाएर धकेल्दै लएर उनि माथी बलात्कार गर्ने बिरेन्द्रको जिम्मा लगाएका छन् ।

चौधरीले मिडियाको सामुन्ने अहिले आएर उक्त कुरा नकारेपनि गाउका अधिकांश भने यो कुरा दावीका साथ वडा अध्यक्षकै रोहवरमा भएको भन्छन् ।

गत शुक्रबार साँझ खाना खाएर आमासंगै सुतेकी १३ वर्षीया अंगिरा घरबाट हराएपछि आमाले गाउँलेसामु हारगुहार गरिन् । राति ११ बजे उनी नजिकैको खरबारीमा भेटिइन्, उनको साथमा थिए स्थानीय २५ वर्षीय वीरेन्द्र भर । विरेन्द्र अंगिराकै घरको केही पर बसोबास गर्ने युवक हुन् ।

भरले बालिकालाई फकाएर शारीरिक सम्बन्ध राखेको स्थानीय बासिन्दाहरूको भनाइ छ । तर, १३ वर्षीया अबोध बालिकालाई जबर्जस्ती वा फकाएर शारीरिक सम्बन्ध राख्नु कानुनी र मानवीय रूपमा बलात्कार हो, जघन्य अपराध हो ।

मुलुकी अपराध संहिता, २०७४ ले पनि यस्तो सम्बन्धलाई बलात्कार नै भनेको छ । सोही संहितअनुसार करणी सम्बन्धी कसूरका लागि दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदखि बीस वर्षसम्म कैद सजाय रहेको छ ।

मुलुकी अपराध संहिता विपरीत वडाध्यक्षकै रोहवरमा गाउँ समाजका अगुवा मिलेर अंगिरालाई उनीमाथि बलात्कार गर्ने व्यक्तिकै जिम्मा लगाउनु दुखद घटना हो ।

अंगिरा मृत्युमा जनप्रतिनिधि र गाउँसमाजको निर्णय प्रमुख कारक

वडाध्यक्ष चौधरी र गाउँसमाजले अंगिरालाई आफूमाथि भएको अपराध र उनले पाउनुपर्ने न्याय दिन सकेनन् । चौधरी र गाउँ समाजले त उल्टै दिनहुँ बलात्कार हुने गरि एउटी नाबालिकाको जिम्मा एउटा यस्तो युवकको हातमा लगायो जसले उसलाई विभिन्न प्रलोभनमा पारेर बलात्कार गरेको छ ।

आफुमाथि के भएको अंगिरालाई थाहा भएन । कानुनको अनभिज्ञताको कारण उनकी आमा पनि गाउसमाजले गरेको निर्णय बारे केही बोलिनन् र उनलाई के गर्ने भनेर गाउसमाजले पनि सोधेन ।

‘बलात्कार’को शिकार भएकी रुपन्देही देवदह–११ की १३ वर्षीया बालिका जेठ १० गते शनिवार अपरान्ह ५ बजे देवदह वडा नं २ मा रहेको रोहीणी नदीको किनारको एउटा रुखमा झुण्डीएको अवस्थामा फेला परिन् ।

गाउसमाजले उनलाई बिरेन्द्रसँग विवाह गर्ने निर्णय गरिसकेपछि युवकको घरमा लएर हुलिदियो । युवक बिरेन्द्रको आमा अकाली भर यसमा असन्तुष्ट थिइन् ।

अकालीले गाउँ समाजकै बैठकमा अंगिरा दलित परिवारको केटी भएकोले स्विकार गर्न नसक्ने भनेको स्थानीय प्रल्हाद पासीको भनाई छ ।

गाउँसमाजले जवरजस्ती लएर बलात्कृत भएकी अंगिरालाई युवकको घरमा हुलिदिए पनि युवकको परिवारले बस्न दिएन पिटमार गर्दै दुवैलाई घर बाट निकालि दियो ।

गाउँलेका अनुसार शनिबार दिउँसो भर करिव ४ घण्टा युवक बिरेन्द्र र अंगिरा रोहीणी नदीको किनारमासँगै थिए तर एकैपटक अपरान्ह ५ बजेको समयमा अंगिरा रुखमा झुण्डीएको अवस्थामा फेला परिन् र युवक बिरेन्द्र फरार ।

उनको मृत्यु भएको हो कि उनले आत्महत्या गरेकी हुन प्रहरी अनुशन्धानले देखाउला तर उनलाई मृत्युको चरणसम्म पुग्नका लागि जनप्रतिनिधि र गाउँसमाजको भूमिका पृष्ठभूमीको कारक बनेको घटनाक्रमले पुष्टि गरेको छ ।

प्रहरीले हल्का रुपमा लिएको थियो घटना

अंगिराको बलात्कार भएपछि बलात्कारीसँगै जवरजस्ती बिहे गर्ने गाउँसमाजको निर्णय, उसैदिन बालिकाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको देखेर पनि प्रहरीले मुद्दा चलाउन आनाकानी गरेको थियो ।

प्रारम्भिक अनुसन्धानबाट आत्महत्या हो भन्दै घटनालाई साम्य बनाउन खोजेको थियो प्रहरीले पनि । मृत्यु हुनुभन्दा अगाडि बलात्कार र बालिकालाई जवरजस्ती विवाह गराउने कार्य फौजदारी कानुनकै बर्खिलाप भएको स्पष्ट भए पनि प्रहरीले पीडितपक्षबाट किटानी जाहेरी लिन मानेको थिएन ।

आइतबार जाहेरी दिन गएका पीडितपक्षलाई प्रहरीले फर्काइदिएको थियो। किशोरी आत्महत्याको घटनामाथि प्रहरीले जाहेरी दर्तामा पनि केही दिन ढिलाई गरेपनि मृत्यु भएको चार दिनमा मानवअधिकारकर्मीको दबावपछि प्रहरीले जाहेरी दर्ता गरेको हो । स्थानीय अगुवा अजय रौनियारका अनुसार प्रहरीले ४ दिनसम्म घटनालाई गम्भिरता पूर्वक नलिई आत्महत्या टारेको थियो ।

पाँच दिनपछि पक्राउ परे हत्याका आरोपी

अंगिरा पासीको हत्या आरोप लागेका तीनजना बिहीबार पक्राउ परेका छन् । प्रहरीले बलात्कार तथा हत्या आरोप लागेका वीरेन्द्र भर, उनकी आमा अकाली र ठूली आमा शितली भरलाई पक्राउ गरेको जनाएको छ ।

किशोरीकी आमा शान्ति पासीले छोरीको बलात्कारपछि हत्या भएको दाबीसहित तीनजनाविरुद्ध प्रहरीमा मंगलबार किटानी जाहेरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरका अनुसार उनीहरुलाई लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो ।

आरोपीविरुद्ध बुधबार पक्राउ पूर्जी जारी गरिएको थियो । किशोरीको हत्या वा आत्महत्या के भएको हो भन्ने पुष्टि गर्नका लागि भिसेरा र योनीको स्वाब परीक्षण तयारी भइरहेको उनले बताए ।

मंगलबार गरिएको पोष्टमार्टमको रिर्पोट आएपछि बलात्कारको आशंकामा प्रहरीले बुधबार नै फरेन्सिक जाँच पक्रिया अघि बढाएको जनाएको थियो ।

प्रारम्भिक रिर्पोटमा बलात्कार देखिएपछि थप पुष्टयाँइका लागि फरेन्सिक जाँच गर्न नुमना काठमाडौं पठाइएको रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले बताएका थिए ।

‘घटना शंकास्पद देखिएपछि फरेन्सिक जाँच अगाडि बढाइएको हो,’ थापाले भने, ‘। पोस्टमार्टम गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक र घटना अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार किशोरीको बलात्कार भएको प्रारम्भिक रिपोर्टमा देखिएको छ ।

देवदह ११ का वडा अध्यक्ष र गाउँ समाजका अगुवालाई कारवाही किन नगर्ने ?

जेठ १० गते शनिबार बिहान वडाध्यक्ष अमरबहादुर चौधरीसहित समाजका अगुवाको सहभागितामा बसेको भेलाले सुनाएको निर्णयका कारणनै अंगिराले ज्यान गुमाउनु पर्यो ।

समाजले सुनाएको ‘न्याय’ ‘बालिकाको अब अन्त बिहे गर्न गाह्रो छ, त्यसैमाथि दलितकी छोरी, त्यसैले वीरेन्द्रले नै अंगिरालाई श्रीमती स्वीकार गर्नुपर्छ ।’

नावालिक अंगिरालाई आफ्नै बलात्कारीको हात समाती उसकै घरमा बुहारी बनेर जान वडा अध्यक्ष चौधरी र गाउ समाजले किन निर्णय गर्यो । अंगिरालाई आफूमाथि के भइरहेको छ, पत्तो थिएन ।

समाजले गाउँमा पहिलेदेखि नै उनीहरुबीच प्रेम सम्बन्धको गाईंगुईं चलेको भन्दै गरेकाले बिहे नै उपयुक्त ठहराएको थियो।

तर, बालबालिकासम्बन्धी ऐन २०७५ भन्छ, ‘बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने वा गराउने मुलुकी फैजदारी कार्य्विधि (संहिता) ऐन २०७४ अन्तर्गतको बालबालिकाविरुद्धको दण्डनीय कसुर हो ।’

अंगिराकी आमा शान्तिदेवी पासीले समाजले नै सबै कुरा निर्णय गरेको बताइन् । ‘प्रधानहरु लगायत यहाँका अगुवाहरुले बिहे गरिदिन ठीक हो भने । त्यसपछि केटाको पछि लागेर छोरी गएकी थिई’, उनले भनिन् ।

यसरी जनप्रतिनिधी र गाउसमाज जसले एउटी अबोध नावालिकाको बिहे नै त्यो ब्यक्ती संग गराउने निर्णय गरे जसले उनि माथी बलात्कार गरेको छ ।

देशको कानुनकै खिल्ली उडाउने देवदह ११ का वडा अध्यक्ष र गाउ समाजका अगुवालाई कारवाही किन नगर्ने ? प्रश्न चिन्ह खडा भएको छ । जनताको सेवा गर्न भनेर आएका जनप्रतिनधी जनताकै कुभलो गर्ने अधिकार कसले दियो ? प्रश्न चिन्ह खडा भएको छ ।

के देवदह नगरपालिकामा जनप्रतिनिधी बाट वालवालिका र महिला सुरक्षित छन् त ? प्रश्न चिन्ह खडा भएको छ ।

प्रतिक्रिया
सम्बन्धित