मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

पूर्वमिस नेपाल श्रृंखला खतिवडाद्वारा सेनेटरी प्याड सार्वजनिक

दैनिक नेपाल २०७७ जेठ १६ गते ८:११

काठमाडौं, १६ जेठ । नेपाल लगायत पूरै विश्व कोरोनाको प्रभावमा जकडिएकै समयमा अन्तर्राष्ट्रिय महिनावारी स्वास्थ्य दिवसको अवसर पारेर हेल्थ एन्ड हाईजिन प्रडक्ट प्रा. लि.ले नेपालमा नयाँ सेनेटरी प्याड ब्रान्ड ‘प्याडिलक्स’ सार्वजनिक गरेको छ ।

नेपाली मार्केटिङ एन्ड एड्भरटाइजिङको इतिहासमै पहिलो पटक र त्यो पनि सरकारले जारी गरेको सुरक्षा निर्देशन र लकडाउनको पूर्ण पालना गरी अनलाइन माध्यमबाट बिहीबार पूर्ण रुपमा नयाँ ब्रान्ड सार्वजनिक गरिएको हो ।

मिस नेपाल २०१८ तथा महिला स्वास्थ्यकी अभियेन्ता श्रृंखला खतिवडाले बिहीबार आफ्नै घरबाट प्याडिलक्स ब्रान्डका सेनेटरी प्याड सार्वजनिक गरेकी हुन् ।

‘मलाई विश्वास छ, प्याडिलक्स एउटा अर्को सेनेटरी ब्रान्डमा मात्र सीमित हुनेछैन । यो ब्रान्डले नेपालमा महिनावारीलाई हेरिने रवैयालाई परिवर्तन गर्ने एउटा बुलन्द आवाजको नेतृत्व गर्नेछ’, खतिवडाले भनेकी छिन् ।

महिनावारीको समयमा महिलालाई सुख्खापनको अनुभुति दिलाउने उद्देश्यले प्याडिलक्स सेनेटरी प्याडको डिजाइन गरिएको छ । यी प्याडहरूको उत्पादन मोरङ, कठारीस्थित कम्पनीको विश्वस्तीय प्लान्टमा सर्वोत्कृष्ट कच्चा पदार्थ, प्रविधि र प्याकेजिङबाट गरिन्छ ।

बजारमा प्याडिलक्स ‘प्याडिलक्स अल्ट्रा’, ‘प्याडिलक्स कम्फर्ट’ र ‘प्याडिलक्स रेगुलर’ गरी तीन भेरियन्टमा उपलब्ध छ । २४० एमएम, २८० एमएम र ३२० एमएम गरी तीन वटा साइजमा पाइने प्याडिलक्सको बजार मूल्य रु ४० देखि रु १०० सम्म तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

हेल्थ एन्ड हाईजिन प्रडक्ट प्रा. लि.ले निकट भविष्यमा नेपाली बजारका लागि ‘एडल्ट डाइपर’, ‘पेन्टीलाइनर’ र ‘वेट्–वाइप’ पनि ल्याउने घोषणा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित