बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भारतबाट आउँदै गर्दा बाटोमै मृत्यु भएकाको कोरोना रिपोर्ट पोजेटिभ

दैनिक नेपाल २०७७ जेठ १५ गते २२:१९

काठमाडौँ, १५ जेठ । भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका एक जनाको कोरोना परीक्षणको रिपोटृ पोजेटिभ आएको छ ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका ३५ वर्षीय मृत्यु भइसकेका युवामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतको लखनउ आसपास आईपुग्दा उनको गत जेठ १० गते मृत्यु भएको थियो ।

उनको स्वास्थ्य भैरहवामा परीक्षण गरिएको थियो । अन्त्योष्टि भइसकेपछि रिपोर्ट आएको हो ।

शवसँगै आएका २ जनाको रिपोर्ट भने नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । अर्घाखाँचीका ८० जनालाई विभिन्न क्वारेन्टाइनमै रहेका छन् ।

मृतक पुरुषको शव ४ दिन अगाडी नै दाहसंस्कार गरिएको छ । नेपालमा थप १ जना मृतकको कोरोना पोजेटिभ देखिएको भए पनि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको भने छैन ।

प्रतिक्रिया
सम्बन्धित