शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बिहीबार थपिएकासँगै कोरोना संक्रमितको संख्या १ हजार ५७ पुग्यो

दैनिक नेपाल २०७७ जेठ १५ गते २१:४२

काठमाडौँ, १५ जेठ । सप्तरीमा थप ४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

उनीहरुको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।

राजविराज नगरपालिकाका २० देखि २६ वर्षकाहरुमा संक्रमण देखिएको हो । उनीहरु सबै भारतबाट आएका बताइएको छ ।

सप्तरीमा हालसम्म ३३ जनामा कोरोना पुष्टि भइसकेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५७ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित