बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

यस वर्षको बजेटको आकार घट्यो, कर्मचारीको भत्ता कटौती हेर्नुहोस् पूर्णपाठ

दैनिक नेपाल २०७७ जेठ १५ गते २०:१४

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गरेका छन् ।

बिहीबार संघीय संसदका संयुक्त सदनमा प्रस्तुत गरेको बजेट खतिवडाको तेस्रोपटक बजेट हो ।

आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बराबरको बजेट सार्वजनि भएको छ । गत वर्ष १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत भएको थियो ।

बजेटले कोरोना नियन्त्रणलाई प्रथामिकतामा राखेको छ । त्यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाख नयाँ रोजगारी सिर्जनाका लागि बजेट विनियोजन भएको छ । त्यस्तै, स्वास्थ्यमा बजेट बढाइएको छ ।

कोरोना उपचारमा खटिने कर्मचारीबाहेकका अन्य सबै कर्मचारीका सबै प्रकारका भत्ता कटौती गरिएको छ । त्यस्तै, नयाँ कर्मचारी भर्ना रोक्का गरिएको छ । सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई भने बजेटले निरन्तरता दिएको छ ।

बजेटको पूर्णपाठ:

:

प्रतिक्रिया
सम्बन्धित