३ कार्तिक २०८३, मंगलबार

कोरोना उपचारमा खटिनेबाहेक कर्मचारीको सबै भत्ता कटौती

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । सरकारले प्रशासनिक खर्च तथा कर्मचारीको भत्ता कटौती गर्ने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै कोरोनाविरुद्धको उपचारमा अग्रपंक्तिमा खटिनेबाहेक सबै कर्मचारीको भत्ता कटौती गरेको छ ।

जसमा चिकित्सक, स्वास्थ्यकर्मी, राष्ट्र सेवा कर्मचारीबाहेकका कर्मचारीको प्रोत्साहन भत्ता, अतिरिक्त भत्ता, बैठक भत्ता, खाना तथा खाजा भत्ता लगायत सबै प्रकारका भत्ता २०७७ साउन १ गतेबाट खारेज गरिएको खतिवडाले बताए ।