बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

गण्डकी प्रदेशमा दुईको मृत्यु

दैनिक नेपाल २०७७ जेठ १५ गते १८:१७

सांकेतिक तस्वीर

पोखरा, १५ जेठ । गण्डकी प्रदेशमा आज एक जना करेन्ट लागेर मृत्यु भएको छ भने अर्को एक जनाको पानीमा तैरीएको अवस्थामा शव भेटिएको छ ।

पोखरा महानगरपालिका वडा नं १३ दुईकुलाको मुहानमा आज एक जनाको शव फेला परेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार बेवारिसे अवस्थामा भेटिएका करिब ४५ वर्षका पुरुषको शव पानीमा तैरिएको अवस्थामा आज बिहान फेला परेको हो ।

त्यसैगरी आजै तनहुँमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । कपडा सुकाउने क्रममा बिजुलीको नाङ्गो तारमा छुन जाँदा बन्दीपुर गाउँपालिका वडा नं २ गोलडाँडाका ६५ वर्षीय गणेशबहादुर आलेको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका उनको बन्दीपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित