बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

रुकुम घटना : भेरी नदीमा बेपत्ता ५ मध्ये ४ जनाको शव फेला

दैनिक नेपाल २०७७ जेठ १५ गते १६:०६

काठमाडौँ, १५ जेठ । भेरी नदीमा बेपत्ता दुई जनामध्ये १ जनाको शव भेटिएको छ ।

बिहीबार छिन्चु जाजरकोट सडक खण्डमा पर्ने कालाभीर नजिक भेरी नदीको किनारमा शल फेला परेको हो ।

नेपाल प्रहरीले खोजी गर्ने क्रममा भेरी नगरपालिका ४ का सञ्जु विकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ स्थित सोती गाउँका गाउँलेले लखेटेपछि ज्यान जोगाउन ६ जनाले भेरी नदीमा हाम फालेका थिए ।

एक जना त्यही दिन मृत भेटिएका थिए भने ५ जना बेपत्ता भएका थिए । तिमध्ये बिहीबार थप एक जनाको गरेर ४ जनाको शव फेला परेको छ ।

केटी भगाउन भनी जाजरकोटबाट सोती गाउँ गएका २१ वर्षीय नवराज विक त्यही राती भेरी नदीमा मृत भेटिएका थिए । त्यस्तै, सोमबार दुई जना र वुधबार एक जनाको शव फेला परेको हो ।

प्रतिक्रिया
सम्बन्धित