३ कार्तिक २०८३, मंगलबार

छोरीले आमालाई अंगालो हाल्दा आमाछोरी क्वारेन्टाइनमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

अछाम, १५ जेठ । अछाममा जिल्ला बाहिरबाट आएका छोरीले आमालाई अंगालो हालेको भन्दै आमाछोरी दुवैलाई क्वारेन्टाईन राखिएको छ ।

जिल्लाको चौरपाटी गाउँपालिका वडा नं. ६ दुनीका एक महिलाले धनगडीबाट आएको १७ बर्षिया छोरी बसबाट झर्ने बित्तिकै छोरीले आमालाई अंगालो हालेपछि दुवै आमाछोरीलाई नै २१ दिनका लागि क्वारेन्टाईनमा राखिएको वडा अध्यक्ष मने साउदले जानकारी दिए ।

कोरोनाभाइरस (कोभिड १९) को संक्रमण तथा रोकथाम नियन्त्रणका लागि जिल्ला बाहिर तथा छिमेकी देश भारत लगायत अन्य मुलुकबाट आएका व्यक्तिलाई २१ दिन क्वारेन्टाईनमा राख्ने गरिएको गाउँपालिकाले जनाएको छ ।

विश्वभर कोरोना भाईरस फैलिरहेको बेला भारत तथा जिल्ला बाहिरबाट गाउँपालिका फर्किनेको संख्या दिन प्रतिदिन बढिरहेको गाउँपालिकाले जनाएको छ ।

बैशाख २४ गतेदेखि जेठ १५ गते अर्थात आज विहिवार सम्मको तथ्यांकअनुसार भारतका विभिन्न शहरबाट ३०३ जना, जिल्ला बाहिरबाट २३ जना गरी ३२६ जनालाई गाउँपालिकामा भित्रिएको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिए ।

भारतका विभिन्न शहर तथा जिल्ला बाहिरबाट आएको गाउँपालिकाका सबै नागरिकलाई २१ दिन क्वारेन्टाईनमा राख्ने गरेको गाउँपालिका अध्यक्ष साउदले जानकारी दिए । हालसम्म १२ जना क्वारेन्टाईन समायवधि पछि घर फर्किएको गाउँपालिकाले जनाएको छ ।