बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

झापामा थप २५ जनामा कोरोना, सबै कचनकवल गाउँपालिकाकै

दैनिक नेपाल २०७७ जेठ १५ गते १५:४१

काठमाडौँ, १५ जेठ । झापामा थप २५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

यससँगै झापामा संक्रमतिको संख्या ७९ जना पुगेको छ । थपिएका संक्रमित सबै लकडाउनकाबीच भारतबाट आएका हुन् ।

२५ जना सबै कचनकवल गाउँपालिकाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । उनीहरुको बिहीबार कोशीअञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा संक्रमण देखिएको हो ।

कचनकवल गाउँपालिकाका ६ वटा क्वारेन्टाइनमा हाल ३ सय ७८ जना छन् । उनीहरु पनि भारतबाटै आएका हुन् । गाउँपालिकामा संक्रमित निकै बढेपछि गाउँपालिकाले मात्रै थेग्न नसकिने बताइएको छ ।

गाउँपालिकाले भारतबाट आउन नदिन भन्दा पनि आएकालाई सीधै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइरहेको छ । जसले गर्दा समाजमा फैलने डर कम गर्दछ ।

संक्रमितहरुमा कुनै पनि लक्षण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन चम्लागाईले जनाए ।

यसअघि गाउँपालिकामा भारतबाट आएका ४८ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित