शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

१८७ जनाले जिते कोरोना, ५ जनाको मृत्यु

दैनिक नेपाल २०७७ जेठ १५ गते १५:२५

काठमाडौँ, १५ जेठ । नेपालमा १ हजार ४२ जनामा कोरोना पुष्टि हुँदा निको हुनेको संख्या १ सय ८७ पुगेको छ ।

त्यस्तै, कोरोनाका ज्यान गुमाउने ५ जना पुगेका छन् । वुधबार साँझ ललितपुरका ५६ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

ललितपुरको किस्ट अस्पतालमा ति पुरुषको कोरोनाका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

यसअघि नेपालमा ४ जनाले कोरोनाभाइरस संक्रमणले ज्यान गुमाइसकेका छन् ।

जेठ ११ गते पाटन अस्पताल लगिएका ती पुरुषलाई त्यहाँ आईसीयू नभएको भन्दै ग्वार्कोस्थित किस्ट अस्पतालमा रिफर गरिएको थियो । जेठ ११ गते अस्पतालको आईसीयूमा राखिएका उनलाई १२ गते भेन्टिलेटरमा सारिएको थियो ।

१२ गते भेन्टिलेटरमा राखेपछि थ्रोट स्वाब परीक्षणका लागि पठाइएको थियो । ति पुरुषको मृत्युपछि पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

बिहीबार एकैदिनमा १ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित