बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

लकडाउनदेखि घर बाहिर नगएका सोलुका एक युवकमा देखियो कोरोना

दैनिक नेपाल २०७७ जेठ १५ गते १५:०३

काठमाडौँ, १५ जेठ । यात्राको विवरण नदेखिएका सोलुखुम्बुका एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

प्रदेश एक सरकारले कोरोना फैलावटको आधारमा सामान्य जिल्लाको रुपमा राखेको सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिकाका २७ वर्षीय एक युवकमा बिहीबार कोभिड १९ संक्रमण पुष्टि भएको हो ।

ति युवक लकडाउनदेखि घर बाहिर नहिँडेका नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले जनाएका छन् । उनमा ज्वरो आएपछि कोरोना परीक्षण गरिएको मेयर शेर्पाले बताए ।

ट्राभल हिस्ट्री नै नभएका ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएपछि परीक्षणमा नै शंका लागेको मेयर शेर्पा बताउँछन् । ति युवकको पुनः परीक्षणका लागि स्वाब विराटनगर पठाइएको बताइएको छ ।

उनीसँगै अन्य २ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

यससँगे प्रदेश १ मा संक्रमितको संख्या १ सय ५ पुगेको छ । त्यस्तै, सोलुखुम्बुसहित उदयपुर, झापा, मोरङ, सुनसरी, भोजपुर, धनकुटा र खोटाङ गरी ८ जिल्लामा कोरोना फैलिएको छ ।

प्रदेशको झापा जिल्लामा सबैभन्दा बढी ५४ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, भोजपुर र खोटाङका १/१ जनामा संक्रमित छन् ।

प्रदेश १ सरकारले आफ्ना जिल्लालाई विभिन्न तीन भागमा विभाजन गरेर स्वाब संकलन र परीक्षणको काम तीव्र पारिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित