बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बिहीबार १५६ जनामा कोरोना, संक्रमितको संख्या हजार नाघ्यो

दैनिक नेपाल २०७७ जेठ १५ गते १४:४२

काठमाडौँ, १५ जेठ । नेपालमा थप १ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

विभिन्न प्रयोगशालामा एकैदिन यति धैरे संक्रमित थपिएका हुन् ।

हालसम्म ६० हजार ६ सय ९६ र आरडीटी विधिबाट १ लाख २ हजार ३४ जनाको कोरोना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जनाए ।

त्यसैगरी, अहिलेसम्म १ सय ८७ जना संक्रमित कोरोनामुक्त भएका छन् । जसमा १ सय ४४ जना पुरुष र ४३ जना महिला रहेका छन् । त्यस्तै, अहिले ८६ हजार ५७ जना देशका विभिन्न क्वारेन्टाइनमा रहेका देवकोटाले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित