बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नेपाली सेनाले चीनबाट थप स्वास्थ्य सामग्री ल्यायाे

दैनिक नेपाल २०७७ जेठ १५ गते ९:४२

फाइल तस्वीर

काठमाडाैं, १५ जेठ । नेपाली सेनाले चीनबाट थप स्वास्थ्य सामग्री ल्याएको छ ।

बुधबार चीनको ग्वान्झाउ पुगेको नेपाल एयरलाइन्सको वाइडवडी जहाजबाट नेपाली सेनाले २८ टन स्वास्थ्य सामग्री ल्याएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

ग्वान्झाउबाट उडेको विमान आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सेनाले पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट पीपीई, पीसीआर किट लगायतका स्वास्थ्य सामग्री ल्याएको हो ।

यसअघि पहिलो चरणमा सेनाले झण्डै १९ टन स्वास्थ्य सामग्री ल्याएको थियो । स्थलमार्गबाट आउने पहिलो चरणको सामग्री आइसकेको र दोश्रो चरणको आउँदैछ ।

सेनाले गएको वैशाखमा तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने गरी दुई अर्ब २५ करोड रुपैयाँको सम्झौता गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित