१२ कार्तिक २०८३, बिहिबार

रुकुम पश्चिम घटनाका दोषीलाई कारवाही गर्न तनहुँका दलित पत्रकारहरूको माग

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १५ जेठ । अन्तरजातीय विवाह गर्न खोजेको भन्दै जाजरकोटमा नवराज बिक लगायत ४ जनाको ज्यान जाने गरि भएको घटनामा दोषीलाई कारबाही गर्न राष्ट्रिय दलित पत्रकार संघ तनहुँले माग गरेको छ ।

बुधबार तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै यहाँका दलित समुदायका पत्रकारहरूले दलित समुदायमाथी हुने भेदभाव सैह्य नहुने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघका अध्यक्ष सानेबहादुर नेपालीले मानव सभ्यताको पहिचान जाजरकोटमा भएको घटनाले मेटाइदिएको बताए । अध्यक्ष नेपालीले दलित समुदायको युवाले अन्तरजातीय विवाह गर्न खोज्दा भएको रणसम्भारले गणतान्त्रिक राज्यको धज्जी उडाएको बताए ।

सो अबसरमा प्रमुख जिल्ला अधिकारी पण्डितले ध्यानाकर्षण पत्र सम्बन्धित स्थानमा पु¥याउने प्रतिबद्धता जनाउँदै मानव समाजले कल्पना समेत गर्न नसक्ने घटना भएको बताए ।

ध्यानाकर्षण पत्र बुझाउन प्रदेश समितिका उपाध्यक्ष पूर्ण बिके, जिल्ला उपाध्यक्ष शालिकराम सुनार, सचिव अशोक बिश्वकर्मा, कोषध्यक्ष सविता बिश्वकर्मा, सुरेश सुनार, कोपिला सुनार, सन्तोष बिक, विकास सुनार, देव गजमेर लगायतका व्यक्तिहरू जिल्ला प्रशासन कार्यालय पुगको थिए ।

गत शनिबार कथित ठकुरी समुदायकि आफ्नो प्रेमिकालाई बिहे गर्ने भन्दै साथीहरू सहित पुगेका नबराज बिकलाई पिटेर हत्या गरिएको थियो ।

सो घटनामा बिकका साथीहरू टीकाराम सुनार, लोकेन्द्र सुनार र गणेश बुढाको समेत हत्या गरेर फालिएको अवस्थामा शब फेला परेको थियो ।

अन्य २ जना अझै बेपत्ता रहेका छन् । शव फेला परेका मध्ये लोकेन्द्रलाई बाँधेर पिटिएको र हत्यापछि खोलामा फालिएको पीडितहरूको भनाइ छ । बुधबार फेला परेको शव डोरीले हात खुट्टा र शरीर बाँधिएको अवस्थामा फेला परेको थियो ।